Breaking News.... EverestOnlineKhabar
June 24, 2026

भैरहवा इपिएल क्रिकेटको फाइनलमा प्रवेश, उपाधिका लागि शनिवार बिराटनगरसंग भिडने

Loading

काठमाडौं । भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ । ललितपुर प्याट्रिएट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनलमा पुगेको हो । भैरहवालाई फाइनलमा लैजान रोहित कुमार पौडेलले शानदार ब्याटिङ गरे ।

अन्तिम ओभरमा १३ रनको आवश्यकता हुँदा रोहितकुमार पौडेलले पहिलो बलमा नै छक्का प्रहार गरे । दोस्रो बलमा पनि लगातार छक्का प्रहार गर्दै उनले स्कोर लेभल बराबरी बनाएका थिए । अन्तिम ओभर सकिन ३ बल बाँकी छँदै रोहितले आफ्नो टिमलाई फाइनलमा पुर्याए ।
रोहितले १७ बलमा २ छक्का र १ चौका प्रहार गर्दै नटआउट २८ रन बनाए । भैरहवाका लागि प्रथम सालुंकेले ३२ रन बनाएका थिए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको थियो । ललितपुरका लागि जयकिसन कोल्सवालाले ४२ रन बनाए ।

ईपीएलको फाइनल शनिबार हुनेछ । फाइनलमा उपाधिका लागि भैरहवा र विराटनगर वारियर्स आमनेसामने हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed