Breaking News.... EverestOnlineKhabar
April 19, 2026

विवाद चुलिएपछि रानीपोखरीको पुनर्निर्माण रोकियो, बिशेषज्ञ समिति गठन

Loading

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिरहेको रानीपोखरीको पुनर्निर्माण रोकिएको छ । पुरातात्विक सम्पदा पुनर्निर्माणको सीमा मिच्न थालिएपछि पुनर्निर्माण कार्य रोकिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा पानी अड्याउनका लागि भन्दै पोखरीमा सिमेन्टेड (कंक्रिट) वाल उठाएपछि स्थानीय बासिन्दा, पुरातत्वविद् र सम्पदाप्रेमीहरुले विरोध जनाएका थिए ।

बिहीबार काठमाडौं महानगरपालिकामा मेयरको अध्यक्षतामा महानगरकी उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारी र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले १५ दिनभित्र रानीपोखरी पुनर्निर्माणको टुङ्गो लगाउने निर्णय गरेको छ ।

रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्न १५ दिनभित्र सुझावसहितको प्रतिवेदन दिन एक विशेषज्ञ समिति गठन गर्ने निर्णय भएको उपमेयर खड्गीले जानकारी दिइन ।

उपमेयर खड्गीसमेत मेयर शाक्यले एकलौटीरुपमा रानीपोखरीको इतिहास समाप्त पार्न थालेको भन्दै बिरोधमा उत्रिएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed