Breaking News.... EverestOnlineKhabar
April 19, 2026

निर्वाचनको तीन हप्तापछि प्रधानमन्त्री एवम पार्टी सभापति देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

Loading

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन । भर्खरै सम्पन्न प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन ।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । शुक्रबार समानुपातिकतर्फका सांसदको नाम बुझाउने अन्तिम दिन भएकाले त्यसैबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा निर्वाचनको समीक्षासँगै झण्डै दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाइएको राष्ट्रियसभा गठन अध्यादेशबारे समेत छलफल हुने छ । कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed