Breaking News.... EverestOnlineKhabar
April 19, 2026

अफगानिस्तानको काबुलमा बिष्फोट, कम्तिमा ४० जना मारिए

Loading

बिबिसि । अफगानिस्तानको काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बिहीवार बिहान भएको विस्फोटनमा अन्य ६ जना घाइते भएका छन् ।

विद्यार्थीहरुको भीड जम्मा भएको समयमा उक्त विस्फोट भएको एक जना अफगानी अधिकारीले बताएका छन । उनले आत्मघाती हमलाकारीले सो आक्रमण गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed