Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौ,पुस ।
नेपालीको सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ अहिले हतिहास कै कमजोर र प्रभावहिन संगठनको अवस्थामा पुगेको छ । संगठनको यस्तो अवस्था हुनुको मुख्य कारण संगठनको नेतृत्व तहमा रहेका तथा मुख्यगरी महामन्त्री कुन्दन काफ्ले र अध्यक्ष नैनसिंह महर कारक हुन् । नेविसंघ भित्रका महामन्त्री कुन्दन काफ्ले र अध्यक्ष नैनसिंह महर दुबै नेविसंघका प्राकृतिक शत्रु हुन् । यी दुवै संगठनको हितमा काम गर्नु त परै जाओस् संगठनको बद्नाम गर्न मात्रै तत्लीन छन् । विद्यार्थीका माझ उब्जिएका समस्यासंग परिचित भएर पनि कुनै पनि राम्रो काम नगरी आफ्नु कार्यकाल लम्ब्याउने अभिष्टतिर मात्र ध्यान छ यिनीहरुको । अहिले त अब खरमा दोरी खेल्न थालेका छन् ।
संगठनको इतिहासमा यी दुई जना यस्ता घृणित पात्र हुन् कि दुबै संगठन भित्र भएको बिबादलाई जस्ताको तस्तै राखकि अब फेरि गैर बिध्यार्थी लाई प्रतिनिधि बनाएर आफु र आफु पक्षका व्यक्तिलाई चुनाव जिताउन लागेका छन् । आफु निर्वाचन हुनको लागि कोहि अनसनको माध्यमबाट कोटामा प्रतिनिधी बनाई महामन्त्री बने अनि अध्यक्षमा निर्वाचित हुनको लागि पुलिसको आडमा गैर विद्यार्थीलाई प्रतिनिधि बनाई राति मत हाल्न लगाएर विजयी भएका घृणित पात्र हुन् यी दुई जना । आज आएर यी दुबैको हैसियत सबैले देख्न पाए। यति मात्र होइन् नेविसंघका तमाम इमान्दार कार्यकर्ताले यी दुईको चरित्र समेत घा जस्तै र्छल्ङ्ग हुने गरी देख्न पाएका छन् । आफु बलियो हुनको लागि जे हर्कत गर्न पनि पछि नपर्ने ।
देशमा यति ठुलो राजनीतिक परिर्वतन हुदा पनि देशकै ठुलो अनि लोकतान्त्रिक पार्टीको भातृसंगठनलाई सहि तरिकाले परिचालन गर्न नस्कनु ठुलो कमजोरी मात्रै भन्दा अन्याय हुन्छ किनकी यो घृणित कार्य नै हो । नैतिकता हुँदो हो त यी दुई जनाले अहिल्यै राजीनामा दिईसक्नुपर्ने थियो । यी र यस्ता संगठनभित्र पदमा बसेर पदको मान्यता पनि राख्न नस्कने धृतराष्ट सिङ्गो संगठनको अभिसाप हुन् । यदि अब पनि बिभादीत जिल्लाको कुरा नमिलाई संगठनको पदाबधि थपिन्छ भने यो नसोच्नु नेपाल बिध्यार्थी संगठनका तमाम इमान्दार सिपाही मौन बस्लान् भनेर । मैलेृ यो कुरा काठमाडौको कुनै पाँचतारे होटलमा बसेर तातो कफी खाँदै आत्मरतिमा रमाउनको लागि मात्र भनेको होइन् । पछिल्लो समयको कुरा गर्दा पनि म देशका विभिन्न ५० भन्दाबढी जिल्ला पुगेर नेविसंघका तमाम कार्यकर्तासंगको छलफल र अन्र्तक्रिया गरिसकेपछि मेरो अन्र्तआत्माले भनेको कुरा हो यो ।

विगतलाई पनि सोच्ने गर कि हामी पनि तिमीहरू संगै संगठनमा बस्दै आएका र तिमीहरुले भन्दा संगठनको लागि आवश्यक परेको बेला ज्यानको प्रवाह नगरी संघर्षमा खटिएका जंगे खम्बा हौ । तिम्रो बिरासतमा समानान्तर–समानान्तर कमिटी गठन गर्न सक्ने हैसियत छ र राख्छौं । त्यसकारण अब नेविसंघका तमाम इमान्दार र संगठनको लागि मर्न पछि नपर्ने सिपाहीसंग अब धेरै नौट्की हेर्ने र्धैयता छैन् । महामन्त्री कुन्दनको कुरा गर्दा महामन्त्री जस्तो पदमा बसेर पनि गुटगत राजनीति गर्ने एक नमुना पात्र हो । अर्को तिरको नमुना पात्र पनि कम छैन् संगठनको नेतृत्व गर।ेको छ तर संगठनको संरचना र ढाँचा कस्तो छ ? संगठन कुरा संरचनाबाट संचालन हुन्छ भन्ने सामान्य कुरामा पनि ज्ञान नभएको नमुना पात्र हो नैनसिंह महर ।

अब विगतको तरिकाले संगठन चल्न सक्दैन् त्यसैले म खबरदारी गर्न चाहन्छु चान्छु कि हामी पनि देश ब्यापी रुपमा संगठित छौ र हामीसंग पनि संगठनको लागि ज्यान दिन तयार हुने नेविसंघका तमाम सिपाही छन् । बेलैमा ध्यान नदिन निकै महंगो सावित हुनेछ । ख्याल गरेस् । जय नेपाल ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed