![]()
काठमाडौ,पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौंमा बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय गर्ने जनाइएको छ । बैठकले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस पार्टीले विविध कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ ।
पुस १४ गते स्व. राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्वबारे काठमाडौंमा एक गोष्ठी पनि गरिने भएको छ ।


