![]()
काठमाडौ,पुस ।
काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३.६ रेकर्ड भएको छ ।
काठमाडौंको बिहीबार बिहान ८ः४५ बजेको तापक्रम भने ४.८ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंमा मापन भएको पुस १ को तापक्रम यो वर्षकै कम हो ।
मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको बिहान ६ः३० बजेको तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् शैलेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भनेः‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ ।’


