Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कर्मचारी समायोजन नियमावली तयार नहुँदै कर्मचारीहरु सरुवाका लागि लबिङमा

Loading

काठमाडौं । कर्मचारी समायोजन नियमावली तयार नहुँदै निजामति कर्मचारी सरुवाका लागि माग गर्न थालेका छन् ।
नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई आह्वान गरेर समायोजन गर्ने जनाएको छ । मन्त्रालयका श्रोतका अनुसार केही कर्मचारीले अहिले नै सरुवा माग गरेका छन । मन्त्रालयका एक उच्च कर्मचारी भन्छन, ‘केही कर्मचारीले आफूलाई पायक पर्ने भन्दै सरुवाका लागि निवेदन दिएका छन ्।’ उनका अनुसार अहिले प्रदेश तहमा जानका लागि १५ जनाको निवेदन आएको छ ।

कर्मचारीलाई समायोजन गर्दा कार्यरत पदको ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना वा नागरिकताको आधारमा गर्ने व्यवस्था गरिएको छ ।

नियमावली आइसकेपछि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा कुन तहमा कति कर्मचारी चाहिन्छ भनेपछि मात्र समायोजनको प्रक्रिया हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed