Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढ्ने दाबी गर्नुभएको छ ।

बुधबार काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उम्मेदवारहरूको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही ढिलो जस्तो देखिएपनि माओवादीसंगको एकता र नयाँ सरकार गठन साथसाथै अघि बढने बताउनुभयो ।

नेता नेपालले भन्नुभयो,‘ दुवै दलका शीर्ष नेताहरूबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाइने छ ।’
नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोपसमेत लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed