![]()
बिबिसि । अमेरिकाको ह्युस्टनमा आगलागीबाट ३५ वटा अपार्टमेन्ट जलेर खरानी बनेका छन् । साउथ ह्युस्टनमा लागेको आगो लामो समयपछि मात्रै नियन्त्रणमा आएको थियो ।
आगो निभाउन कम्तिमा ६ घण्टा लागेको अग्नि नियन्त्रकहरुले बताएका छन । आगलागीका कारण ५० जनाले घर छोडेर भागेको रेडक्रस सोसाइटीले जानकारी दिएको छ ।
आगलागीको कारण र थप क्षतिबारे विवरण आउन बाँकी छ ।


