Breaking News.... EverestOnlineKhabar
June 24, 2026

कान्छा निर्देशक सौगात बिष्टको दोस्रो चलचित्र ‘हैरान’ को डबिङ सकियो, चाँडै प्रदर्शनमा आउने

Loading

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हैरान’ को डबिङ सकिएको छ । विश्कै कान्छा निर्देशकका रुपमा परिचित सौगात विष्टको निर्देशनमा बनिरहेको चलचित्रको डबिङपछि अब प्राविधिक काम सुरु भएको छ ।

डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । अहिले सौगात दोस्रो चलचित्र लिएर आउने तयारीमा छन । चलचित्र ‘हैरान’ मा सामाजिक विषयवस्तुलाई महत्वकासाथ उठाइएको निर्देशक बिष्टले बताए ।

चलचित्रमा गायक तथा संगितकार सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, सागर लम्साल, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । ‘चलचित्रले दर्शकलाई सन्देश त दिन्छ नै साथै भरपुर मनोरञ्जन पनि दिन्छ । यो चलचित्रमा कमेडीसँगै एक्सन पनि एकदम गज्जबको छ’, गजित विष्टले भने ।

चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, सङ्गीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।

चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed