Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । चीनले लामो समयदेखि बन्द रहेको तातोपानी नाका खुलाउने संकेत गरेको छ । नेपाल र चिनियाँ पक्षबिचको संयुक्त सुरक्षा बैठकमा चिनियाँ नाका खुलाउने संकेत गरेको हो ।

बैठकमा चिनियाँ पक्षले संयुक्त सुरक्षा संयन्त्रको खाका नै प्रस्तुत गरेको छ । ‘जोइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’ मार्फत दुवै देशको सीमा सुरक्षामा समान उपस्थिति जनाउन चीनले माग गरेको छ । यसो गर्न सकिएमा नाका खुल्ने सम्भावना छ ।

चीन सरकारले नेलमदेखि खासा र खासादेखि मितेरी मुलसम्मको सडकखण्डलाई दुई चरणमा निर्माण गरिरहेको छ । भूकम्प र बाढीका कारण क्षतिग्रस्त सो दुबै सडक खण्ड आगामी दुई महिनाभित्र सवारी चलाउन सकिने गरी निर्माण गरिसक्नेबारे बैठकमा छलफल भएको थियो ।

सुरक्षा प्रत्याभूति गराउन सकेमा तातोपानी नाका खुल्ने नेपाली पक्षको बुझाई छ । चिनियाँ पक्षले नेपालको बाह्रबिसेलगायतका क्षेत्रलाई इगिंत गर्दै ती स्थानहरुबाट ‘फ्रि तिब्बत’ अभियानको गतिविधि भइरहेको आरोप लगाएको छ । बैठकमा सहभागी नेपाली टोलीले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालमा चीन विरोधी गतीविधि हुन नदिने प्रष्ट पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed