![]()
काठमाडौं । काठमाडौंको रानीपोखरीको पुनर्निर्माणको विवाद उत्कर्षमा पुगेको छ । पुनर्निर्माण पुरातात्विक ढंगले नभई आधुनिक हिसाबबाट गर्न थालिएपछि मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबिच पनि द्वन्द्व सुरु भएको छ ।
उपमेयर हरिप्रभा खड्गीले पूरातत्व विभागको स्विकृतिविना नै मेयर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरु गरेको आरोप लगाएकी छिन् । खड्गीले काठमाडौं उपत्यकाको सम्पदा नै लोप हुनेगरी कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने अठोट लिएकी छन ।
उपमेयर खडगीले मंगलबार विहान रानीपोखरीको अवलोकन गरेपछि विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढने स्पष्ट पारिन् । त्यसक्रममा स्थानीयवासिन्दाले लगाएको तालाबन्दीप्रति आफनो समर्थन रहेको समेत उनले खुलेर बताइन ।
उपमेयर खडगीले पूरातत्व विभागको स्विकृतिविना कुनै पनि सम्पदा पुनर्निर्माणको काम अघि बढाउन नमिल्ने दावी समेत गरिन् ।
खड्गीको उपस्थितिमै रानीपोखरीमा लगाइएको ताला केहीबेरपछि मेयर शाक्यले आएर फुटाउन लगाएका थिए ।


