![]()
एजेन्सी । बलिउड स्टर आमिर खानले आफनो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउने भएका छन । हाल ‘ठग्स अपÞm हिन्दुस्तान’ मा व्यस्त रहेका खानले यसको छायाङ्कन सकिए लगत्तै ‘महाभारत’ मा हात हाल्ने बुझिएको छ ।
महाभारत फिल्मका कयौं ‘फ्रेन्चाईज’ बनाइने योजना छ । यि सबै ‘फ्रेन्चाइज’ को निर्देशन ‘सीक्रेट सुपरस्टार’ नामक फिल्मका निर्देशन अद्वैत चन्दनले गर्ने छन् । ‘महाभारत’ मा खानलाई भगवान श्रीकृष्ण र कर्ण मध्ये कुनै एकको भूमिकामा देख्न पाइने भएको छ ।
हाल छायाङ्कनमा रहेको फिल्म ‘ठग्स अपÞm हिन्दुस्तान’ मा आमिर समुद्री लुटेराको भूमिकामा छन् । उनी यो फिल्ममा अमिताभ बच्चनसँग पहिलो पटक काम गरिरहेका छन् । फिल्ममा कटरीना कैफ र फातिमा सना शेखपनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


