![]()
बिबिसि । दक्षिणी भियतनाममा त्रास फैलाइरहेको आँधी कमजोर बनेको छ र अबको ४८ घण्टाभित्र उक्त आँधी पूर्ण रुपमा मत्थर हुने ठानिएको छ ।
यसअघि सोमबार मौसम पूर्वानुमान केन्द्रले आँधी २० सेन्टिमिटरसम्म वर्षा हुनसक्ने भन्दै लाखौं मानिसहरुलाई घर छोडेर अन्यत्र जाने तयारी गर्न भनिएको थियो । तल्लो तटीय क्षेत्रमा रहेका करिब ७० हजार मानिसहरु अन्यत्र सरिसकेका छन् ।
टेम्बिन नामको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४० जनाको ज्यान गएको छ । उद्धारकर्ताहरु हराइरहेका अन्य १ सय भन्दा बढी मानिसहरुलाई खोजिरहेका छन् ।
मिन्डनाओ टापूको दक्षिणी भागमा पहिरोका कारण पुल र बाटोहरु भत्किएका अथवा बन्द भएका छन् । त्यहाँ करिब हजार घरहरु क्षतिग्रस्त भएका छन् भने धान खेतहरु बाढीले बगाएका छन् ।
फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्दै आए पनि मिन्डनाओ खासै प्रभावित हुने गरेको थिएन ।
दक्षिणी प्रान्तस्थित मत्स्य पालनका लागि प्रख्यात गाउँका मानिसहरु विभिन्न विद्यालयहरुमा सरेका छन् जहाँ अहिले बाढी पीडितहरु बसिरहेका छन् ।


