Breaking News.... EverestOnlineKhabar
June 24, 2026

भैरहवा ग्लाडिएटर्ससंग पराजित भएसंगै चितवन टाइगर्स इपिएल क्रिकेटबाट बाहिरियो

Loading

काठमाडौं । काठमाडौंमा जारी इपिएल क्रिकेटमा चितवन टाइगर्स प्रतियोगिताबाट बाहिरिएको छ । लिगको आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्ससँग ४ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।

८८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभर सकिन ९ बल बाँकी हँुदा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यसअघि नै प्लेअफमा पुगेको भैरहवाले उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई पराजित गरेको हो ।

५ खेलबाट ४ खेलमा जित र एक खेलमा हार ब्यहोरेको भैरहवाको ८ अंक भएको छ । फाइनल प्रवेशका लागि भैरहवाले अब लिगको शीर्ष स्थानमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed