![]()
काठमाडौ,पौष ।
एभेरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता टियु क्रिकेट मैदानमा जारी छ । टियु क्रिकेट मैदान त्यसैपनि ब्याटिङ भन्दा बलिङ पिचका रुपमा मानिन्छ । अहिलेसम्म कुनै पनि टिमले १५० रन भन्दा बढि रनको स्कोर बनाउन सकेको छैन भने अहिलेसम्म ५ अर्धशतक मात्रै खेलाडीले बनाएका छन् ।
अहिलेसम्म ईपीएलमा ७ खेल सम्पन्न हुँदा ५ वटा मात्रै अर्धशतक बनाएका छन् । यो अर्धशतक बनाउने खेलाडीमा पनि स्वदेशी भन्दा विदेशी खेलाडीको बाहुल्यता बढि छ ।
कुन–कुन खेलाडीले अर्धशतक बनाएका छन् ?
इस्रर उल्लाह
पाकिस्तानी खेलाडी इस्रर उल्लाहले आफ्नो पहिलो खेलमा नै नटआउट ६१ रन बनाउदै अर्धशतक प्रहार गरेका थिए ।
पवन सर्राफ
नेपाली यु–१९ टिमका भरपर्दा खेलाडी पवन सर्राफ जारी ईपीएलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् भने सम्रगमा दोस्रो अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
ललितपुरका ओपनर्स ब्याट्सम्यान पवनले विराटनगर वारियर्स विरुद्ध ५१ रन बनाउदै आफ्नो अर्धशतक पुरा गरेका थिए ।
अंशुमान रथ
हङकङको राष्ट्रिय टिमका मुख्य खेलाडी अंशुमान रथले पनि जारी इपिएलमा अर्धशतक बनाएका छन् । उनले पोखरा राइनोज विरुद्ध अर्धशतक प्रहार गरेसँगै ईपीएलमा तेस्रो अर्धशतक बनेको थियो । ६० रनमा रनआउट बनेका अंशुमानले ६१ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए ।
योगेश नागर
भारतीय खेलाडी योगेश नागरले पनि ईपीएलमा अर्धशतक बनाएका छन् । ललितपुर प्याट्रिएट्सबाट भैरहवा ग्लाडिएट्स विरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् । उनले ३३ बलमा अर्धशतक प्रहार गरेका थिए । योगेशले ७ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाएका हुन् ।
पुनित विष्ट
बिहीबार भएको पहिलो खेलमा २ अर्धशतक बनाउनेमा पुनित विष्ट पनि हुन् । भारतीय खेलाडी पुनित भैरहवा ग्लाडिएट्सका मुख्य खेलाडी हुन् । उनले ललितपुर विरुद्ध बनाएको अर्धशतक भैरहवाको ४ विकेटको जितको आधार बन्यो । यो खेलमा म्यान अफ द म्याच घोषित बनेका पुनितले ३८ बलमा ५० रन पुरा गरेका थिए ।


