Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नेइमारलाई मेस्सीको इमोशनल म्यासेज……

Loading

एजेन्सी,पौष ।
बार्सिलोना तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले आफ्ना पूर्व टिम–मेट नेइमारलाई इमोशनल म्यासेज पठाएर बार्सिलोना र व्यक्तिगत रुपमा आफूले निकै सम्झिरहेको बताएका छन् । क्रिसमसको अवसर पारेर मेस्सीले नेइमारलाई इमोशनल म्यासेज पठाएका हुन् ।
नेइमारले यहि सिजन बार्सिलोना छोडेर विश्वकीर्तिमानी मूल्यमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका थिए ।
नेइमार पिएसजी गएपछि बार्सिलोनामा एमएसएनको रुपमा परिचित तीन दक्षिण अमेरिकी खेलाडी मेस्सी, लुइस स्वारेज र नेइमारबिचको फ्रन्ट लाइन बोन्डिङ टुटेको थियो । मेस्सीले नेइमारलाई भिडियो म्यासेज पठाएर बार्सिलोनाले अझै सम्झिरहेको बताउँदै आफूहरुले साथमा बिताएको समयको सम्झना गरेका छन् ।
उनले सँगै (मेस्सी, नेइमार र स्वारेज) पिएको माते (एक प्रकारको दक्षिण अमेरिकी हट ड्रिंक) का बारेमा पनि सम्झिएका छन् । भिडियो म्यासेजमा भनेका छन्ः‘नेइमार…तिमीले छोड्ने बेलामा मलाई लाग्छ हामीले आफ्नो बारेमा एकअर्कालाई सबै कुरा भनेका छौँ । साँचो कुरा यो हो कि हामीले अहिले पनि तिमीलाई सम्झिरहेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed