Breaking News.... EverestOnlineKhabar
June 24, 2026

कांग्रेस नेता पौडेलको प्रश्न–‘राष्ट्रपतिलाई दबाब दिएर बिधि प्रक्रिया मिच्ने ?’

Loading

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले प्रक्रिया र पद्दतीलाई स्वीकार गर्ने भन्दा पनि राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर मुलुक चलाउन खोजेको आरोप लगाउनु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिने क्रममा तनुहँका विभिन्न कार्यक्रम रहेका नेता पौडेलले एमालेले पद्दतीलाई भत्काउन खोजेको टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रमा पद्दती र प्रक्रियाबाट मुलुक चलाउनुपर्छ । पद्दती र प्रक्रियावाट मुलुक संचालन भएन भने लोकतन्त्रीक सिष्टम पनि भत्कन्छ ।’ पौडेलले भन्नुभयो ।

नेता पौडेलले राष्ट्रिसभा भनेको प्रतिनिधि सभा भन्दा पनि जिम्मेवार संस्था भएको उल्लेख गर्दै राष्ट्रियसभालाई नियन्त्रण र संतुलनको केन्द्र बनाउन एकल संक्रमणीय मतका आधारमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed