Breaking News.... EverestOnlineKhabar
June 24, 2026

इपिएल क्रिकेटमा बिराटनगर वारियर्सद्वारा ललितपुर प्याट्रिएट्स ६ रनले पराजित

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारिवर्सले ललितपुर प्याट्रिएट्सलाई ६ रनले पराजित गरेको छ ।

१५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो । ललितपुरका लागि ओपनर पवन सर्राफले ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन ।

विराटनगरको जितका लागि कप्तान पारस खड्का, करण केसी, बसन्त रेग्मी र अंशुमान रथले समान १–१ विकेट लिए ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेटको क्षतिमा १५० रन बनाएको थियो । विराटनगरका लागि अनिलकुमार शाहले ४७ र कप्तान पारस खड्काले ३८ रन बनाए ।

ललितपुरका लागि सन्दिप लामिछानेले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed