![]()
एजेन्सी । बिभिन्न हर्कत गरेर चर्चामा आइरहेनी भारतीय अभिनेत्रि राखी सावन्त पुनः आफनो अभिव्यक्तिका कारण चर्चामा छिन । आफूले कण्डोमको बिज्ञापन खेल्दै गर्दा सरकारले कुनैपनि कण्डोमका बिज्ञापनको प्रसारणमा रोक लगाएपछि उनी क्रुद्ध भएकी छिन । राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिनेवाली थिइन । राखीका फ्यान उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए । तर सूचना मन्त्रालयले बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लगाएको छ ।
राखी भन्छिन, ‘समाजमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ । यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगितबारे जानकारी हुन्छ। एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु।’
उनले भनिन, ‘सरकारले सन्नी लियोन र बिपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । तर, जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाएँ अनि यसको विज्ञापन प्रसारणमा बन्देज लगाउन थालियो। के सरकार मसँग डराएको हो? हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी ? के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ ? ’
‘भारतमा कन्डमको विज्ञापन रोक लगाउँदा एड्सको खतरा बढ्छ । युवाले कन्डमबिना यौनसम्बन्ध राख्नेछन् । मलाई त यस्तो लाग्न थालेको छ कि सरकार नै एड्स लागोस् भन्ने चाहन्छ । जबसम्म बच्चाले यस्ता विज्ञापन हेर्दैनन् तबसम्म उनीहरू कसरी सुरक्षित यौनसम्बन्ध राख्न सक्छन् ?’


