Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ओली र प्रचण्डबीच ५ वर्षमा आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा

Loading

काठमाडौ,पौष ।
वामगठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैमा बहुमत ल्याएपछि सरकार गठन प्रक्रियामा कसरी अघि बढाउने भन्ने विषयमा पनि समझदारी बनाएका छन् । गोप्य भनिएको सहमति अनुसार ५ वर्षको अवधिमा पहिलो साढे दुई वर्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री चलाउने र बाँकी साढे दुई वर्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनेछन् ।
त्यसैगरी पार्टीको अध्यक्ष पदमा पनि सामूहिक नेतृत्वको धारणाले अघि बढ्ने विषयमा दुवै दलबीच छलफल चलिरहेको छ । राष्ट्रपति तथा सभामुखको पदमा भने अझै दुई दलबीच टुंगो लाग्न सकेको छैन । एमाले राष्ट्रपति तथा सभामुख दुवै पद आफैसँग राख्न चाहन्छ भने माओवादी तीमध्ये एक पद आफूले पाउनुपर्ने दाबी गर्दैछ । तर, एमाले भने उपराष्ट्रपति तथा उपसभामुख दुवै पद माओवादीलाई दिएर कुरा मिलाउने तरखरमा रहेको स्रोतले जनाएको छ ।
तर,दुई शीर्ष नेताबीच भएको उक्त गोप्य सहमति अन्य प्रभावशाली नेताहरुले भने नमान्ने संकेत गरेका छन् । मु्ख्य गरी नेकपा एमालेका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल दुई नेतालाई मात्र सर्वेसर्वा बनाउन पार्टीलाई खाल्डोमा हाल्न नतयार नहुने आफु निकटमा नेताहरुलाई भनिसकेको स्रोतले जनायो ।
यता,पूर्वप्रधानमन्त्रीद्धय खनाल र नेपालले सार्वजनिक रुपममै दुई नेताबीच भएको सहमति आफुहरुलाई थाहा नभएकोले थाहा नभएको सहमति पालना गर्नैपर्छ भन्ने बाध्यता नभएको तथा कसैलाई टिका लगाएर अध्यक्ष मान्न नसक्ने बताईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed