Breaking News.... EverestOnlineKhabar
June 25, 2026

साफ यू–१५ महिला फुटबलमा नेपाल बंगलादेशसंग ६–० ले पराजित

Loading

एजेन्सी । साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसंग ६–० ले पराजित भएको छ ।
बंगलादेशविरुद्ध नेपाली निरिह देखियो । नेपालले पहिलो हाफमै चार गोल खाएको थियो । दोस्रो हाफमा नेपालले दुई गोल खाएको थियो । नेपालमाथि एकतर्फी जित निकाल्ने क्रममा बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै अनुचिङ मोगिनीले दुई तथा मोनिका चक्माले एक गोल गरिन् । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ । यो जितसँगै बंगलादेशले फाइनल चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यता, पहिलो खेलमा पराजित भएसँगै फाइनल चरण पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । अब नेपालले दोस्रो खेलमा मंगलबार भारतसँग खेल्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण एसियाका चार राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान रहेका छन् । राउण्ड रोबिन लिगका आधारमा हुने च्याम्पियनसिपको शिर्ष दुई टोलिले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल पुस ९ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed