Breaking News.... EverestOnlineKhabar
June 25, 2026

एमाले–माओवादी केन्द्र पार्टी एकिकरण बहसःमाओवादी केन्द्रको बैठक आज

Loading

काठमाडौ,पौष ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ। केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक आज केहिबेर पछि पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको उनले जानकारी दिइन्।
यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ। सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने सो पार्टीले जनाएको छ।
वाम गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed