Breaking News.... EverestOnlineKhabar
June 25, 2026

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई, फाइनलमा सिंगापुर ७१ रनले पराजित

Loading

एजेन्सी । नेपालले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१.५ ओभरमा अलआउट हुँदै ११२ रनमात्रै बनाउन सक्यो । सिंगापुरका लागि साइ हर्ष भेनुगोपालले सर्वाधिक ३१ रन बनाए । सिंगापुरको इनिङ ध्वस्त बनाउन नेपालका लागि सूर्य तामाङ र अजय कुमार लोनियाले समान ३–३ विकेट लिए ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको थियो । नेपालका लागि विशाल विक्रम केसी र नारायण जोशीले राम्रो प्रदर्शन गरेका थिए । विशालले ६३ रनको योगदान दिए । नारायणले नटआउट ४६ रन बनाए । यस्तै, सुवास ऐरले २२, तृत राज दासले १९ र सुनिल भण्डारीले १५ रनको योगदान दिएका थिए । प्रतिश जिसीले नटआउट १० रन बनाए ।

उपाधि बिजेता नेपालले प्रतियोगिताको कुनै पनि खेलमा हार ब्यहोर्नु परेन । नेपालले खेलको ५ वटै खेलमा जित हात पारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed