Breaking News.... EverestOnlineKhabar
June 25, 2026

यू–१६ एसिसी पूर्व क्षेत्रीय क्रिकेटः नेपाल आज फाइनलमा सिंगापुरसँग खेल्दै

Loading

काठमाडौ,पौष ।
सोह्र वर्षमुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेटको उपाधिका लागि नेपालले आइतबार सिंगापुरसँग खेल्दैछ । खेल थाइल्याण्डको टेर्डथाई मैदानमा बिहान सवा ९ बजे सुरु भएको छ । नेपालले शनिबार मलेसियालाई र सिंगापुरले हङकङलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
दुवै टिम प्रतियोगितामा अपराजित छन् । समूह चरणमा नेपालले थाइल्याण्डलाई १ सय ३३ रनले हङकङ्गलाई ४ विकेटले र म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो । यस्तै सिंगापुरले मलेसियालाई २९ रनले, भुटानलाई ७ विकेटले र चीनलाई ८ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed