Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रदेश नम्बर ३ मा विवेकशील साझा पार्टी चौथो, सीट पाउने निश्चित

Loading

काठमाडौं । विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशमा चौथो भएको छ । प्रत्यक्षतर्फ एक स्थान पनि जित्न नसकेको र समानुपातिकमा पनि अपेक्षाकृत मत परिणाम हासिल गर्न नसकेपनि प्रदेश नम्बर तीनमा विवेकशील साझालाई केही राहत मिलेको छ । प्रदेशसभाको १.५ प्रतिशत थ्रेसहोल्ड कटाएकाले विवेकशील साझाले ३ नम्बर प्रदेशमा सिट पाउने भएको हो ।

३ नम्बर प्रदेशमा एमालेले सबैभन्दा बढी ६ लाख ७७ हजार ३१७ मत पाएको छ । त्यस्तै, कांग्रेसले ५ लाख ५९ हजार २४९ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ३ लाख १६ हजार ८७६ मत र विवेकशील साझाले १ लाख २४ हजार ४४२ मत हासिल गरेका छन् ।

प्रत्यक्षतर्फ पनि एमालेकै अग्रता छ । कुल ६४ सिटमध्ये एमालेले ४२, कांग्रेसले ७ र माओवादी केन्द्रले १५ सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ मत गणना सकिए पनि सिट बाँडफाँड गर्न अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed