![]()
एजेन्सी । नेपाली चलचित्रका नायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिएका छन । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा ओली निवास बालकोट पुगी उनले बधाई दिएका हुन ।
हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ती र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना पनि दिए ।
नायक हमालले अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको समेत धारणा राखे । त्यसक्रममा अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने प्रतिक्रिया दिए ।


