Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुन्छ : प्रकाशमान सिंह

Loading

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्यादेशमार्फत नै राष्ट्रियसभाको गठन हुने भएकाले त्यसबारे अनावश्यक बखेडा नगर्न आग्रह गर्नुभएको छ ।

काठमाडौंको थापागाउँ सुधार समितिले आयोजना गरेको ‘बधाई एवं धन्यवाद’ कार्यक्रममा बोल्दै नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पार्नुभयो ।

नेता सिंहले कांग्रेसलाई एकछिन पनि सत्तामा बस्ने रहन नभएकाले अनावश्यक लाञ्छना नलगाउन पनि बामगठवन्धनका नेताहरुलाई चेतावनी दिनुभयो । उहाँले काँग्रेस संसद्मा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed