Breaking News.... EverestOnlineKhabar
June 25, 2026

उत्तर कोरियाविरुद्ध दक्षिणको नयाँ हतियार‘ड्रोन–बोट्स’– १

Loading

एजेन्सी,मंसिर ।
उत्तर कोरियाका नेता किम जोङ उनमाथि कुनै पनि अन्तर्राष्ट्रिय दबाबले काम नगरिरहेका बेला दक्षिणले पनि यसका लागि छुट्टै तयारी गरिरहेको बताएको छ । बारम्बार प्रतिबन्ध लगाइए पनि लगातार आणविक हतियार र मिसाइल परीक्षणमै व्यस्त भइरहेको उत्तर कोरियाको सम्भावित् आक्रमणबाट बच्न दक्षिणले आधुनिक साधनको मद्दत लिने बताएको हो ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार आगामी २०१८ को अन्त्य सम्ममा उनीहरुले मानवरहित विमान,‘ड्रोन रोबोट’ को एउटा फौज तयार पार्नेछन् । यसरी तयार गरिने ड्रोन रोबोटको फौजले आजसम्म हुँदै आइरहेका सम्पूर्ण लडाई र युद्धहरुको स्वरुप नै फेरिदिने बताइएको छ । लडाईको यो नयाँ तरिकाबाट दक्षिण कोरियाले जासूसी र प्रतिरक्षाको क्षमता वृद्धि गराउन सक्नेछ । दक्षिणका अधिकारीहरुले बताएअनुसार उत्तर कोरियाको गतिविधि हेरेर यस्ता आधुनिक यन्त्रमा छिट्टै नै अग्रता हासिल गर्न जरुरी भइसकेको छ ।
यता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने देशमा आणविक हतियारको निर्माणमा रोक लगाइरहेका छन् । अहिले उनी देशका सेनाहरुको सङ्ख्या घटाएर प्राविधिक विकासतर्फ मात्र बढी केन्द्रित भइरहेका छन् । यस्तोमा उनका नजिकका अधिकारीहरुले भने उनलाई उत्तर कोरियासँग हतियार र ताकतको सन्तुलन भएमात्र कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्न सकिन्छ भन्दै दबाब दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed