![]()
कैलाली,मंसिर ।
प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजपा नेपालका उम्मेद्वार रेशमलाल चौधरी विजयी भएका छन् । कैलालीको टीकापुर घटनाका मुख्य दोषी भन्दै प्रहरीको फरार सूचीमा रहेका उनी भारी मतअन्तरले विजयी भएका हुन् ।
उनले जम्मा ३४,३४१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी मदन कुमारी शाहले १३,४०६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११,२०३ मत प्राप्त गरेकी थिइन् ।


