Breaking News.... EverestOnlineKhabar
June 25, 2026

भारतीय कांग्रेस आईको पार्टी अध्यक्षमा राहुल गान्धी

Loading

नयाँदिल्ली,मंसिर ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन् । पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कांग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको बताए ।
झन्डै दुई दशकदेखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ वर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन् । गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो । राहुलका पिता राजीव गान्धी, राजीवका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री भएका थिए ।
राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो । उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्नेछन् । भारतीय कांग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए ।
सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed