![]()
नवलपरासी । नवलपरासीका २ छुट्छुटै मतदान केन्द्रमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । बर्दघाट नगरपालिका र देबचुली नगरपालिकाका २ वटा विद्यालयका मतदान केन्द्रमा बम विस्फोट भएको हो । बर्दघाट नगरपालिकाको राजामहात्मा माध्यमिक विद्यालयको हातामा बम विस्फोट हुँदा ५ जना घाइते भएका छन् ।
बम बिष्फोटबाट स्थानीय मनमाया सुवेदी, ममता सुवेदी, भगवति अधिकारी, अनिश छन्त्याल र विवेक छन्त्याल सामान्य घाइते भएका छन । घटनापछि भागेका मतदाताहरु सुरक्षा बलियो पारिएको जानकारीपछि पुनः मतदान स्थलमा फर्किएका थिए ।
त्यसैगरि, नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १२ गैडीमा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा बम विस्फोट हुँदा एक मतदाता घाइते भएका छन् । विस्फोटमा परेर स्थानीय इन्द्र बहादुर नेपाली घाइते भएका छन् । उनको अवस्था खतरामुक्त छ ।


