![]()
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बिहान मतदान केन्द्र पुगी प्रफुल्ल मुद्रामा मतदान गर्नुभएको हो ।
मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको प्रतिक्रिया दिनुभयो । उहाँले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेकोमा गर्व महसुस भएको धारणा राख्नुभयो ।
एमाले अध्यक्ष केपी ओलीलाई व्यङग्य गर्र्दै उहाँले भन्नुभयो, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’
प्रधानमन्त्री देउवाले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावी गर्नुभयो ।


