Breaking News.... EverestOnlineKhabar
June 24, 2026

देशभर निर्वाचनविरोधी गतिविधिमा संलग्न ६०८ जना विप्लव माओवादीका कार्यकर्ता थुनामा….

Loading

काठमाडौ,मंसिर ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले देशका विभिन्न भागमा पक्राउ परेका नौ सय ५१ जना नेकपा माओवादीका कार्यकर्तालाई पक्राउ गरी मुद्दा दायर गरेको छ। पक्राउ परेकामध्ये ६ सय ८ जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता छन्। अन्य तीन सय ४३ जना हातहतियार बोकेको तथा झैझगडा गरेको आरोपमा पक्राउ परेका हुन्।
तीमध्ये १० जना विभिन्न जिल्लामा बम विस्फोटमा संलग्नहरु रहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले बताए। निर्वाचन सुरक्षा अभियानका क्रममा हालसम्म साना÷ठूला ६० थान हातहतियार बरामद भएको छ। त्यस्तै, ५२ स्थानबाट विभिन्न व्यक्तिलाई प्रहरीले विस्फोटक तथा शंकास्पद वस्तुसहित पक्राउ गरेको छ।
प्रहरीले दुई सय ५५ वटा गोली, २२ वटा डेटोनेटर, पाँच सय ५५ वटा जिलेटिन र १४ किलो बारुद बरामद गरेको छ। त्यस्तै, पटाका र फलामको सकेट समेत प्रहरीले विभिन्न जिल्लामा बरामद गरेको छ।
पक्राउ गरेर मुद्दा चलाइएकामा सबैभन्दा धेरै कास्कीमा ४२ जना छन्। त्यस्तै, दाङमा ४१, चितवनमा २४, पाँचथरमा र रुपन्देहीमा १६÷१६ जना थुनामा छन्। विस्फोटमा संलग्न अन्यको खोजी भइरहेको प्रवक्ता नेउपानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed