![]()
बर्दिवास,मंसिर ।
महोत्तरीको गौशालामा गएराति फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रमोदको उपचार जनकपुर अञ्चल अस्पतालमा हुदैंछ। प्रमोद गौशाला नगरपालिका मेयर शिवनाथ महतोका आफ्नै भतिजा हुन्।शिवनाथ महतो माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको मेयरमा चुनाव जितेका हुन् ।
गौशालाको जमुनियाँ गाउँबाटै संघीय समाजवादी फोरमको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उमेदवार लक्ष्मी महतोका कार्यकर्ता र वाम गठबन्धनका कार्यकर्ताबीच मतभेद बढेको थियो।गएराति १२ बजे गौशाला बजारमा दुवै पक्ष आमनेसाम्ने भएका थिए ।
गौशाला नगरपालिका मेयरका भतिजा प्रमोदले उम्मेदवार महतोको भतिजो सचिव महतोलाई देखाएर पिसाब फिरेको निहँुमा भनाभन सुरु भएको थियो।
त्यसपछि सुरु भएको भनाभनले दोहोरो झडपको रुप लिएको इलाका प्रहरी कार्यालय गौशालले जनाएको छ । वाम गठबन्धनका कार्यकर्ताले आफुमाथि छुरा प्रहार गर्न खोजको उम्मेदवार महतोले दावी गरेका छन् ।
घटनाको बाम गठबन्धनले निन्दा गरेको छ ।


