Breaking News.... EverestOnlineKhabar
April 21, 2026

रुस विश्वकप फुटबलको ड्र आज सार्वजनिक हुँदै

Loading

एजेन्सी,१५ मंसिर ।
आगामी वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज (शुक्रबार) रुसको राजधानी मस्कोमा सार्वजनिक हुँदैछ । सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१ औँ विश्वकपको ड्र सार्वजनिक कार्यक्रम नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ ।
रुस विश्वकपमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो यसअघि नै तय भैसकेको छ । विश्वकपका लागि फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट ३२ टोलीको टुंगो लागेको हो । रुस विश्वकपको अफिसियल पोष्टर बुधबार नै सार्वजनिक भैसकेको छ ।
फिफाले ड्र को लागि छनोट भएका ३२ राष्ट्रलाई ४ पटमा विभाजन गरेको छ । हरेक पटमा ८ टोलि रहने छन् । ४ पटमा रहेका ३२ राष्ट्रलाई ड्र बाट समूह चरणको लागि ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् ।
रुस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् ।
त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाए । योपटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेनन् । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले(अफमा पुगेपनि विश्वकपमा स्थान बनाउन सकेनन् ।
रुस विश्वकपमा यसपटक पाँच पटकको विजेता ब्राजिल, साबिकको बिजेता जर्मनी लगायतका ठुला राष्ट्रहरु छनोट भए । तर, यो पटक चार पटकको विजेता इटाली विश्वकपमा देखिने छैन । त्यस्तै युरोपबाट नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र समेत विश्वकपबाट बाहिरिन पुगेका छन् ।
युरोप बाहिरबाट अमेरिका, चिली, आइभरी कोष्ट, घाना जस्ता राष्ट्रहरुले अर्को वर्षको विश्वकपमा खेल्ने छैनन् ।यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed