Breaking News.... EverestOnlineKhabar
April 21, 2026

उत्तर कोरियालाई अमेरिकाले उक्साइरहेको रुसको आरोप

Loading

एजेन्सी,१५ मंसिर ।
रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले अमेरिकाले उत्तर कोरियालाई परमाणु क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूतले उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न गरेको आग्रहलाई आफूले अस्वीकार गरेको समेत उनले जनाएका छन् ।
उत्तर कोरियासँग वार्ताको माध्यमबाट समस्या समाधान गर्ने रुसी चाहना रहेको लाभारोभले बताए । हरेक समस्याको समाधान कुटनीतिक माध्यमबाट खोज्नुपर्ने बताउँदै लाभारोभले आर्थिक प्रतिबन्धले काम नगरेको जिकिर गरे ।
अमेरिकाले भने उत्तर कोरियाले परमाणु कार्यक्रम नरोके ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed