Breaking News.... EverestOnlineKhabar
October 1, 2026

किमको हाँस्दै गरेको तस्बिर सार्वजनिक भएपछि ट्रम्पले फेरि दिए अर्को

Loading

एजेन्सी,१५ मंसिर ।
उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली मिसाइलको सफल परीक्षण गरेपछि नेता किम जोङ उन हर्षित हुँदै आफ्ना समर्थकहरुका साथ ताली बजाइरहेको तस्बिर सार्वजनिक भएको छ ।
अमेरिकादेखि लन्डनसम्मका जुनसुकै देशलाई पनि सहजै हमला गर्न सक्ने मिसाइलको सफलतापूर्ण निर्माणपछि किमले आफ्ना सहयोगीहरुका साथ खुसीयाली मनाएको देख्न सकिन्छ ।
गत १० हप्तादेखि शान्त रहेको उत्तर कोरियाले अचानक नयाँ मिसाइल परीक्षण गरेर विश्वलाई फेरि त्रासमग्न बनाएको हो । यता किमले हाँस्दै उत्सव मनाइरहेका छन् भने उता अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि अर्को धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस घटना लगत्तै राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई चर्को जवाफका रुपमा अझ कडा प्रतिबन्धको तयारी गरिरहेको चेतावनी दिएका हुन् । यसबारेमा उनले चीनका राष्ट्रपति सि जिङपिङसँग उत्तर कोरियामाथि थप दबाब पैदा गराउन आग्रह समेत गरिसकेको बताएका छन् ।
उत्तर कोरियालाई पूर्ण रुपमा रोक्न सक्ने क्षमता चीनसँग मात्र रहेको भन्दै ट्रम्पले जिङपिङसँग यस्तो सल्लाह गरेको ट्वीटरमार्फत जानकारी दिएका हुन् । उत्तर कोरियालाई सहमतिमा ल्याउन चीनले महत्वपूर्ण भूमिका खेल्न सक्ने ट्रम्पको भनाइ रहेको छ ।
यता ट्रम्पको बयानलाई सधैँझैँ बेवास्ता गर्दै आइरहेका किमले भने मिसाइल परीक्षण लगत्तै गर्भका साथ आफ्नो सफलताको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed