Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ बाट आफनो पार्टीले राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनलाई समर्थन गरेको स्पष्ट पार्नुभएको छ ।

झापाको बिर्तामोडमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले धोका दिएका कारण कृष्णप्रसाद सिटौलालाई जिताउन नसकिने प्रष्ट पार्नुभयो । उहाँले एमालेले सिटौलालाई जिताउन भूमिका खेलेको कुरा अफवाह मात्र भएको जिकीर गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘हामीले कुनै म्याच फिक्सिङ गरेका छैनौं, हामीले समर्थन गरेका उम्मेदवारलाई जसरी पनि जिताउँछौं ।’
झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका सिटौंलाई कांग्रेसले समानुपातिक सूचीमा राखेर राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

तर, सिटौलाले समानुपातिकमा बस्न नमानेर चुनाव लड्ने निर्णय गरेपछि एमालेले लिङ्देनलाई समर्थन दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed