![]()
बिबिसि । अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न “सबै मुलुकसँग“ आग्रह गरेको छ ।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन् । अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया “नराम्ररी ध्वस्त“ हुने उनले बताइन् ।
दुई महिनापछि प्योङयाङले फेरि क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाको पछिल्लो चेतावनी आएको हो । उत्तर कोरियाले बुधबार परिक्षण गरेको क्षेप्यास्त्र ४,४७५ किलोमिटर उचाइमा पुगेको बताएको छ । जुन इन्टरन्याशनल स्पेस स्टेशनकोभन्दा दश गुणा माथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्न सक्ने क्षमताको छ ।


