Breaking News.... EverestOnlineKhabar
June 24, 2026

ट्रम्पको ट्वीटर अकाउन्ट ११ मिनेट ह्याक गर्न पूर्व कर्मचारीको भूमिका

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर काउन्ट ११ मिनेट बन्द गराउन ट्वीटरकै पूर्व कर्मचारीको हात रहेको थाहा भएको छ । ट्वीटरमा कार्यरत् एक कर्मचारीले आफ्नो जागिर छाड्ने अन्तिम दिनमा अकाउन्ट ११ मिनेटम्म बन्द गराएको रोयटर्सले जनाएको छ ।

पुर्ख्यौली घर टर्की भएका भतियार दुयस्यक जर्मनीमा जन्मे हुर्केका हुन् । स्यानफ्रेनसिस्कोमा बस्दा उनले ट्वीटरको अफिसमा अस्थायी रुपमा काम गरिरहेका थिए । गत नोभेम्बर २ मा अचानक ट्रम्पको सामाजिक संजालको अकाउन्ट बन्द भएपछि यसका दोषीको धेरै खोजी गरिएको थियो ।

अहिले आएर मात्र दुयस्कको गल्तीका कारण यस्तो भएको पत्ता लागेको छ । जागिर छाड्ने समयमा अन्तिम पटक दिइएको काम पूरा गर्न खोज्दा यो दुर्घटना भएको उनले बताएका छन् । तर आफ्नो सानो गल्तीले राष्ट्रपति ट्रम्पको अकाउन्ट त्यसरी बन्द हुन्छ भन्ने चाहिँ सपनामा पनि नसोचेको उनले बताए । उनका अनुसार त्यो घटना योजना बनाएर भएको होइन ।

दुयस्कले कुनै समय मुसल्मान समुदायमा सुरक्षा गार्डका रुपमा काम गरिसकेको हुनाले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed