![]()
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भएको हो ।
काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक सञ्जाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता ढकालले निर्वाचनमा आम मतदाताले आफ्नोे प्रतिनिधि आफैँ छान्न पाउने वातावरण बनाउन आफूहरु लागि परेको स्पष्ट पार्नुभयो ।
निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाईरहेको पनि उहाँले बताउनुभयो । निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्दो प्रयास भईरहेको प्रवक्ता ढकालको भनाइ छ ।


