Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पुष ३ गतेबाट हुने एभेरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक

Loading

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । इीपिएलले पुष ३ गतेदेखि हुने बहुचर्चित लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

लिगमा काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएटस, चितवन टाइगर, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सले सहभागिता जनाउँदै छन ।

उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनले ललितपुर पेट्रिएटससँग प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो दिनमा एक खेल मात्रै हुनेछ भने अरु दिनमा २ वटा खेल हुनेछन । प्रतियोगिता पुष १५ गते सकिनेछ । प्रतियोगिताको सबै खेल टियु क्रिकेट मैदनमा हुनेछन ।
शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed