Breaking News.... EverestOnlineKhabar
June 25, 2026

इटहरीमा कांग्रेस सभामा बिष्फोट, बालकसहित १३ घाइते, विष्फोटको जिम्मा कसैले लिएन

Loading

इटहरी । इटहरीमा नेपाली कांग्रेसको सभामा बिष्फोट हुँदा एक बालकसहित १३ जना घाइते भएका छन । उपमहानगरपालिकाको भलाद्मी टोलमा आयोजित सभामा एक्कासी बिष्फोट हुँदा एक बर्षीय बालक यौवन न्यौपाने, १६ वर्षकी सम्रिना अधिकारी, ५० वर्षका धनबहादुर श्रेष्ठ र ४० वर्षकी गीता आचार्य लगायत घाइते भएका छन् ।

टेण्ट गाडेर गरिएको कार्यक्रममा प्रमुख अतिथि निर्मला गच्छदार थिइन् भने विशेष अतिथि राज्यमन्त्री सुमित्रादेवी चौधरी थिइन् । कार्यक्रममा जिल्ला सदस्य दीपक ढकाल बोलीरहेका थिए ।

मञ्च नजिकै खेल्दै गरेका बालक यौवनको कंचटमा बमको छर्राले लागेको छ । त्यस्तै सम्रिनाको पनि कंचटमा र धनबहादुरको पेट र खुट्टामा तथा गीता आचार्यको टाउकोमा चोट लागेको छ ।

बम विष्फोटनको जिम्मा कसैले लिएको छैन । घाइतेहरुको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed