Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अदालतमै बिष सेवन गरेका पूर्वबोस्नियन राजनीतिज्ञ प्राल्जाकको मृत्यु

Loading

एजेन्सी,१४ मंसिर ।
युद्ध अपराध गरेको ठहर भएपछि अदालतमै बिष सेवन गर्ने पूर्वबोस्नियन राजनीतिज्ञ स्लोबोदान प्राल्जाकको मृत्यु भएको छ । ७२ वर्षीय प्राल्जाकले गरेको अपीलको सुनुवाईका क्रममा नेदरल्यान्ड्सको दि हेगस्थित अदालतले पहिला सुनाइएको २० वर्षे जेल सजायलाई यथावत् राख्ने निर्णय गरेपछि बिष सेवन गरेका थिए ।
बिष सेवन गरेपछि अस्पतालमा भर्ना गरिएको र उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अदालतले उनलाई पहिला सुनाएको २० वर्षे जेल सजाय यथावत् राख्ने निर्णय सुनाएलगत्तै सानो गिलासबाट बिष पिएका थिए ।
उनले बिष पिएको भनेपछि न्यायाधीशले कारबाही रोकेका थिए । त्यसपछि एम्बुलेन्समा राखेर उनलाई नेदरल्यान्डस्को हेगस्थित अदालतका सुरक्षागार्डले अस्पतालमा पुर्‍याएका थिए । सन् १९९० को दशकको शुरुआतमा भएको युद्धका क्रममा बोस्नियाली मुसलमानहरुको जातीय सफाया गरेको अभियोगसहित अन्य अपराधका लागि दोषी ठहर गरिएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed