Breaking News.... EverestOnlineKhabar
June 25, 2026

उत्तर कोरियाले हानेको अहिलेसम्मकै शक्तिशाली मिसाइल ?

Loading

एजेन्सी,१४ मंसिर ।
उत्तर कोरियाले हालै एउटा नयाँ प्रविधियुक्त ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेर विश्वमा पुनः त्रास फैलाएको छ । उत्तर कोरियाको राष्ट्रिय संचारले यसबारे खबर गर्दै देशले परमाणु क्षेत्रमा ठूलो उपलब्धी हासिल गरेको बताएको छ ।
ह्वाङ–१५ नामक अहिलेसम्मकै शक्तिशाली बताइएको मिसाइल बुधबार राति परीक्षण गरिएको बीबीसीले बताएको छ । जापानी समुद्रमा खसेको सो मिसाइल उत्तर कोरियाले यसअघि प्रहार गर्दै आएका मिसाइलहरु भन्दा अझै बढी उचाइसम्म पुगेको बताइएको छ ।
संयुक्त राष्ट्र संघको नियम विपरीत गरिएको उक्त परीक्षणपछि सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको थियो । यस लगत्तै दक्षिण कोरियाले पनि अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेर उत्तर कोरियालाई जवाफ दिएको थियो ।
प्योङयोङको राष्ट्रिय संचारले बताएअनुसार सो मिसाइल ४ हजार किलोमिटर भन्दा माथि उडेको थियो र ५३ मिनेटमा त्यसले ९५० किलोमिटरको दुरी पार गर्न सफल भएको थियो ।
पछिल्लो पटक मिसाइल परीक्षण गर्दा उत्तर कोरियाले अमेरिकालाई सजिलै प्रहार गर्न सक्ने बयान दिएको थियो तर यसपटक भने उसले पहिलेभन्दा नयाँ र अझै आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्नो भनाइ पूरा गर्न सम्भव भएको देखाएको छ ।
उत्तर कोरियाको राष्ट्रिय समाचार एजेन्सीले बताएअनुसार सो परीक्षण गर्नुअघि नेता किम जोङ उन आफैँले यस्तो बयानमा हस्ताक्षर गरेका थिए । रिपोर्टमा थप यस्तो बताइएको छः‘शन्तिप्रेमी मुलुक भएकाले उत्तर कोरिया आफ्नो परमाणु हतियारको सुरक्षालाई लिएर सधैँ जिम्मेवार रहनेछ र यसको प्रयोग असल कामका लागि शान्तिको पक्षमा र विश्वमा स्थिरता कायम गर्नका लागि मात्र गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed