![]()
एजेन्सी । भिभो कम्पनीले युवाहरुलाई लक्षित गरी ‘क्लिएर फोटो र पर्फेक्ट सेल्फी’ फोटोग्राफी फिचरसहित नयाँ स्मार्टफोन ‘भी सेभेन’ बजारमा ल्याएको छ ।
कम्पनीले ‘भी सेभेन’ स्मार्टफोनमा फोटोग्राफी विशेषतासहित डिस्प्ले स्क्रिन क्वालिटी र समग्र डिजाइन आधुनिक प्रविधिमा आधारित रहेको जनाएको छ । ‘क्लिएर फोटो र पर्फेक्ट सेल्फी’का लागि ‘फ्रन्ट फेसिङ क्यामरा’ २४ ‘मेगा पिक्सल’ रहेको उक्त फोनले ‘क्रिस्टल क्लिएर सेल्फी’ दिने कम्पनीले उल्लेख गरेको छ ।
‘भी सेभेन’फोनमा रहेको ‘फेस ब्यूटि ७.०’सुविधाले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको ठाउँ पनि सेल्फी फोटोलाई चम्किलो बनाएर रङहरुको संयोजन गर्ने कम्पनीको दावी छ ।
‘फेस एक्सिस’ प्रविधिले तुरुन्तै १०० भन्दा बढी भिन्न अनुहारहरुको पहिचान विन्दु पत्ता लगाउन सक्ने कम्पनीले जनाएको छ । फोनमा ‘स्मार्ट स्प्लिट’ प्रविधिको समेत प्रयोग गरिएको छ ।


