Breaking News.... EverestOnlineKhabar
October 1, 2026

सलमान खानको दबाबपछि बिगबोसबाट ‘कण्डोम’ को बिज्ञापन बन्द

Loading

एजेन्सी । भारतीय टेलिभिजन च्यानल कलसबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम ‘बिग बोस’का संचालक हुन सलमान खान । भारतीय फिल्म नगरिका जबरजस्त सेलिब्रेटी खान लामो समयदेखि बिगबोस पनि होस्ट गर्दै आएका छन । हालै उनले आफूले संचालन गर्दै आएको कार्यक्रम ‘बिग बोस’ बाट एक चर्चित बिज्ञापन आउट गर्न लगाएका छन । त्यो हो कण्डोमको बिज्ञापन ।

नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् ।

उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् । सोही, विज्ञापन नायक सलमान खानले ‘बीग बोस’बाट हटाइदिएका छन् । सलमानले पारिवारिक शोमा यस्तो विज्ञापन बज्दा अपाच्य हुने भन्दै च्यानललाई हटाउन बाध्य पारेका हुन ।

सलमानले कलर्स च्यानलाई यो विज्ञापन हटाउन सुझाव दिएका थिए । सलमानको सुझाव अनुसार नै कलर्सले यो विज्ञापन शोबाट हटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed