![]()
एजेन्सी । रसियामा सन् २०१८ मा हुने विश्वकप फुटवलका लागि पहिलो चरणमा ७ लाख ४२ हजार ७ सय ६० वटा टिकेट विक्रि भएका छन् । तीमध्ये सबैभन्दा बढी आयोजक राष्ट्र रसिया र ४७ प्रतिशत अन्य मुलुकका फुटवलप्रेमीलाई टिकट विक्रि गरिएको विश्व फुटवल महासंघ फिफाले जनाएको छ ।
टिकेटको मुल्य समुह चरणको खेलका लागि ७९ पाउण्डदेखि फाईनल खेलका लागि ८ सय २९ पाउण्डसम्म तोकिएको छ । आयोजक राष्ट्रका सर्वसाधारणका लागि भने टिकेट मुल्य १७ पाउण्डदेखि शुरु हुन्छ ।
दोश्रो चरणमा आगामी डिसेम्बर ५ देखि जनवरी ३१ सम्म टिकेट विक्रि खुल्ला गरिने फिफाले जनाएको छ । सन् २०१८ मा रसियाका विभिन्न शहरमा रहेका १२ वटा मैदानमा हुने ६४ वटा प्रतियोगिताका लागि कुल २५ लाख टिकेट विक्रि गरिने छ ।


